२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामपुर डान्स आइडलको उपाधि रानालाई



अ+ अ-

बेझाड । दोस्रो रामपुर डान्स आइडलको उपाधि सैलिसा रानाले हात पारेकी छिन् । कुल २७ प्रतिस्पर्धीमध्येबाट राना प्रथम भएकी हुन् । रानाले रु ३० हजार र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

त्यस्तै उक्त प्रतियोगितामा दोस्रो स्थान हात पारेकी श्वेता रुचाल र तेस्रो भएकी सिन्धु श्रेष्ठका साथै समीक्षा देवकोटाले सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

उनिरुलाई क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गरियो ।

पूर्वअर्थमन्त्री आचार्य, प्रदेशसभा सदस्य युवराज खनाल, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल र दिव्यतारा इण्टरप्राइजेजका सञ्चालक सिद्धार्थ शाक्यले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका हुन् ।