२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब मेलम्चीको काम सेनालाई ?



अ+ अ-

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको जिम्मेवारी नेपाली सेनालाई दिने तयारी गरेको छ ।

इटालियन ठेकेदार कम्पनी सीएमसीले बीचमै काम छाडेर गएपछि सरकारले सीएमसीसँग ठेक्का तोड्ने निर्णय लिएको थियो । महत्वपूर्ण आयोजनाका रूपमा लिइएको मेलम्चीलाई सरकारले निर्माणको बाँकी कामको जिम्मा सेनालाई दिने तयारी गरेको हो ।
स्रोतका अनुसार नयाँ निर्माण कम्पनी खोज्ने कि नेपाली सेनालाई दिने भन्ने विषयमा सरकारी तवरमा छलफल भइरहेको छ । तर, सरकारले मेलम्चीको बाँकी काम गर्न उपयुक्त विकल्पका रूपमा नेपाली सेनालाई राखेको हो । राजधानी दैनिकमा खबर छापिएको छ ।