२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनै अनशनको औचित्य छैन, शिक्षा विधेयक पास हुन्छः प्रवक्ता बाँस्कोटा



अ+ अ-

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले चिकित्सा शिक्षा विधेयक जसरी भएपनि संसदबाट पारित हुने बताएका छन।

बिहीबार सिंहदरवारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले प्राध्यापक डा. गोविन्द केसीले हावामा तरबार चलाउन खोजेको आरोप समेत लगाए। उनले शिक्षा तथा स्वास्थ्य समितिले तयार पारेको चिकित्सा शिक्षा विधेयकले डा. केसीसँग भएका सम्झौतालाई सम्बोधन गरेको दाबी गर्दै केसीको अनशनको कुनै औचित्य नरहेको स्पष्ट पारे।

प्रवक्ता बाँस्कोटाले चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत गर्न नदिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गैरलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए। डा. केसीले कहिले सांसदहरुलाई अपिल त कहिले पत्र लेखेकोप्रति जवाफ दिँदै प्रवक्ता बाँस्कोटाले भने “‘सरकारले प्रस्तुत गरेको विधेयक समितिबाट पास भएर आएको छ र यो अब प्रक्रियाबाट पास हुन्छ , हुनुपर्छ।”

उनले सञ्चारमाध्यमले पनि विधेयकमा भएका राम्रा कुराहरुलाई वेवास्ता गर्दै नराम्रो कुराको मात्रै प्रचार गरेकोमा गुनासो गरे। चिकित्सा शिक्षा विधेयकमा भएका राम्रा कुराहरुलाई जनता समक्ष ल्याइदिन सवै सञ्चारमाध्यमलाई मन्त्री बाँस्कोटाले आग्रह समेत गरे। समाचार नागरिक दैनिकमा छ ।