२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्पी नहुने प्रहरी चौकीमा, गाउँ घुमाउँदै बेइज्जत गरियो



अ+ अ-

काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिका– ८ स्थित मुसहर बस्तीका मिथुन माझीको सानो झुपडीमा १७ जनाको परिवार छ । उनको चर्पी छैन ।

एक दिन बिहान झिसमिसेमै खुल्ला ठाउँमा शौच गर्न जाँदा उनलाई प्रहरीले पक्राउ गर्यो । उनीसँगै अरु कृष्ण महरा, शंकर महरा र धनीराम महरालाई पनि प्रहरीले पक्राउ गर्यो ।

माझीले भने– उज्याले भएपछि हामी चारैजनालाई गाउँ घुमाइयो । सार्वजनिक ठाउँमा शौच गर्ने यिनीहरु हुन्, चिनिराखौं भनेर बेइज्जत गरे ।’

आफूहरुलाई अब खुल्ला ठाउँमा शौच नगर्ने सर्तमा छाडिएको भएपनि शौचालय बनाउन सक्ने अवस्था नरहेको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।