११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-भारतबीचको बिजुली आदान प्रदान



अ+ अ-

काठमाडौँ । नेपाल–भारत ऊर्जा सचिव स्तरीय संयुक्त स्थायी समिति (जेएससी) को छैठौँ बैठकले नेपाल भारतबीचको बिजुली आदान प्रदान गर्ने सहमति (इनर्जी बैँकिङ) लाई अनुमोदन गरेको छ ।

यस अघि गत पुस महिनामा दिल्लीमा नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणबीच दुई देशबीच ऊर्जा किनबेच गर्नका लागि इनर्जि बैकिङको सहमति भएको थियो ।

सो सहमतिलाई जेएससीले अनुमोदन गरेपछि यो निर्णय कार्यान्वयनमा जाने भएको छ ।

यो निर्णय कार्यान्वायनमा जाँदा नेपाल भारत दुबै देशले आ–आफ्नो आवश्यकता अनुसार बिजुली किनबेच गर्न सक्ने भएका छन् ।

इनर्जी बैकिङ अवधारणा अनुसार विशेष गरी नेपाललाई हिउँदमा बढी आवश्यकता पर्ने बेला भारतले दिने र बर्खाका बेला भारतलाई नेपालले बिजुली दिन सक्ने भएको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।