११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी इन्काउन्टर : १० दिनमा पाँच जनामाथि गोली प्रहार, दुईको मृत्यु



अ+ अ-

काठमाडौं । पछिल्लो १० दिनमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको छ । अन्य तीन जनालाई प्रहरीले गोली हानी पक्राउ गरेको छ ।

मंगलबार दिउँसो गोंगबुको एक गेस्ट हाउसमा काभ्रेका अविलास लामालाई गोली हान्यो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई गोली हानेको हो ।
लामा पेस्तोलसहित रहेकाले आत्मरक्षाका लागि गोली चलाउनुपरेको परिसरको प्रेस विज्ञप्तिमा बताइएको छ ।

तर, लामाले भने आफूलाई नियन्त्रणमा लिएर प्रहरीले गोली हानेको बताएका छन् ।
लामा माओवादी पूर्वलडाकु हुन् । उनले आफूमाथि प्रहरीले विनाकारण गोली हानेको भन्दै गृह मन्त्रालयमा उजुरी गरेका छन् । काठमाडौं परिसर र अपराध महाशाखाबीच काम देखाउने होडबाजीमा गोली प्रहार भएको स्रोत बताउँछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।