२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब प्रधानाध्यापक हुन छुट्टै परीक्षा



अ+ अ-

काठमाडौं । उच्चस्तरीय शिक्षा आयोगले सामुदायिक विद्यालयमा विशेष नेतृत्व क्षमता भएकालाई मात्र प्रधानाध्यापक बनाउन सिफारिस गरेको छ। सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सक्षम प्रधानाध्यापक र योग्य शिक्षक आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ। कान्तिपुर दैनिकमा समाचार छ ।
आयोगको सिफारिसअनुसार अब कम्तीमा पाँच वर्ष शिक्षण अनुभव भएकाले मात्र प्रधानाध्यपक हुन् पाउँछन्। यसका लागि शिक्षक सेवा आयोगले लिने नेतृत्व परीक्षणको परीक्षा अनिवार्य उत्तीर्ण हुनुपर्नेछ। यसरी नियुक्त प्रधानाध्यापकका लागि विशेष सुविधा र विद्यालय सञ्चालनको प्राज्ञिक व्यवस्थापनको स्वायत्तता दिन लागिएको छ।
आयोग सरकालाई बुझाएको प्रतिवेदनमा प्रधानाध्यापकलाई शिक्षकभन्दा छुट्टै प्राज्ञिक नेतृत्वका रूपमा विकास गर्न सुझाव दिएको छ। प्रधानाध्यापकले कक्षाकोठामा पढाउनेभन्दा पनि शैक्षिक र प्रशासनिक गतिविधमिा ध्यान दिनुपर्नेमा जोड दिइएको छ। प्रधानाध्यापकको कार्यकाल पाँच वर्ष तोकिएको छ। उनीहरूलाई करार नियुक्ति दिन आयोगको सुझाव छ।