२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला हत्या प्रकरणमा खुल्यो अर्को यस्तो रहस्य



अ+ अ-

काठमाडौं । मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले असंख्य गम्भीर त्रुटि गरेको औंल्याउदै प्रहरीका डिएनए विज्ञहरुमाथि समेत छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आइतबार चारवटा सिफारिस र २४ वटा निर्देशनसहित पठाएको पत्रमा लेखेको छ, ‘डिएनए वाइएसटिआर प्रविधिबाट परीक्षण गरिएको छ, यसबाट वंश/समूह पहिचानमा मात्र सघाउ पुग्छ, व्यक्ति पहिचान गर्न सकिने परीक्षण प्रविधि प्रयोग गरिएको पाइएन ।’ समाचार कान्तिपुर दैनिकमा छ।