२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्री भिसा फ्री टिकटको सुविधामा ३० करोड ठगी



अ+ अ-

काठमाडौं । फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपाली कामदार फिर्ता गरेको छ ।

टर्कीका इगा प्रोजेक्टले फ्री भिसा र टिकटको सुविधा दिएर नेपालका ६ वटा म्यानपावर कम्पनीलाई एक हजार तीन सय कामदार पठाउने कोटा दिएको थियो ।

उक्त कम्पनीले कामदारसँग अतिरिक्त पैसा नलिन निर्देशन दिए पनि त्यस विपरित म्यानपावर कम्पनीहरुले प्रतिव्यक्ति चार लाख रुपैयाँसम्म असुलेको खुलासा भएपछि कामदार फिर्ता पठाएको हो ।

देशभर छरिएका एजेन्टले विभिन्न प्रलोभन देखाई युरो, मास्टर जब, स्विट्स, डेल्टा, वेस्ट वे र अवसर म्यानपावरमार्फत बेरोजगार युवासँग प्रतिव्यक्ति डेढदेखि चारलाख रुपैयाँसम्म असुल गरेका थिए । त्यसपछि उनीहरुलाई ११ महिनादेखि चार महिनाअघिसम्म टर्की पठाएका थिए । नागरिक दैनिकमा खबर छ ।