२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एयरपोर्टमा ओलीले प्रचण्डको विषयमा बोल्दा पत्रकार हाँसेपछि….



अ+ अ-

काठमाडौँ । अस्ति शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली डावोस सम्मेलनमा भाग लिएर काठमाडौँ फर्किए । एयरपोर्टमा पत्रकारहरुको घुइँचो लाग्यो । पत्रकारहरुले डावोस सम्मेलनको उपलब्धिका बारेमा भन्दा पनि डा। केसीका विषयमा प्रश्न उठाए ।

एक जना पत्रकारले भेनेजुयलाका विषयमा पार्टी अध्यक्ष प्रचण्डले दिएको वक्तव्यलाई ओलीसँग जोड्न खोजे । यो समचात्र दृष्टि साप्ताहिकमा प्रकाशित छ ।

पत्रकारहरुसँग बोल्दा कसरी बोल्ने भन्ने कुरा ओलीलाई राम्रैसँग थाहा छ । त्यसैले कतिपय प्रश्नको जवाफ ओलीले रमाइलैसँग दिने गरेका छन् । त्यतिबेला पनि प्रचण्डले वक्तव्यका बारेमा ओलीले भने – कुनै बेला भट्टराई थरका व्यक्ति लडेर घाइते भएको समाचार आयो । शीर्षक हेर्दा कतै कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई हो कि भनेर मानिस झुक्किए ।

बुझ्दै जाँदा थाहा भयो, समाचारमा लेखिएका भट्टराई किसुनजी थिएनन् । त्यसैले म नभएको बेला प्रचण्डले के विज्ञप्ती जारी गर्नुभयो रु त्यो नबुझिकन जवाफ दिन सक्दिन भन्दा पत्रकारहरु गललल हाँसे ।