१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजिअको गाडी चालक प्रहरी नियन्त्रणमा



अ+ अ-

बारा । जिल्ला प्रशासन कार्यालय बाराका गाडी चालक जगत नारायण राउत कुर्मीलाई बारा प्रहरीले अनुसन्धानको लागि बिहीबार नियन्त्रणमा लिएको छ। नागरिक दैनिकमा खबर छ ।

माघ १२ गते शनिबार राति बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्रका एसपी सवार गाडीको चालक रहेका कुर्मीलाई अनुसन्धानको क्रममा नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय बाराको ना १ झ १६३३ नम्बरको गाडी तिब्र गतिमा कुर्मीले चलाउँदा गाडी अनियन्त्रित भई राजमार्गमै रोकी राखेको ढुंगा लोड गरेको ट्रलीमा गएर ठोकिँदा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परी सशस्त्र प्रहरी १२ नम्बर बलका एसपी बलराम पोखरेलको घटनास्थलमा नै मृत्यु भएको थियो भने बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको अवस्था गम्भीर रहेको छ। अवस्था गम्भीर रहेका प्रजिअको काठमाडौँ स्थित ग्राण्डी अस्पतालमा उपचार भइरहको छ।