१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

औषधि खरिदमा दैनिक ७ करोड बाहिरीदै



अ+ अ-

काठमाडौं । सरकारले स्वदेशी औषधि उत्पादनलाई उच्च प्राथमिकतामा राख्दै आएको दाबी गरे पनि औषधि खरिदमा दैनिक ७ करोड रुपैयाँ विदेसिने गरेको छ । स्वदेशमै उत्पादन गरी आत्मनिर्भर बन्ने सरकारी योजना भए पनि औषधि खरिदमा दैनिक ६ करोड ८० लाख रुपैयाँ विदेशमा पठाउनुपर्ने बाध्यता रहँदै आएको छ । यस हिसाबले औषधिमा मात्रै वार्षिक झन्डै २५ अर्ब रुपैयाँ बाह्य देशमा पुग्ने गरेको देखिन्छ ।
भन्सार विभागका अनुसार नेपालमा भारत, बंगलादेश, चीन, बेल्जियम, जर्मनी, इन्डोनेसियालगायत ५० भन्दा बढी देशबाट औषधि आयात भइरहेको छ । तर, नेपालमा उत्पादन भएका औषधि भने दैनिक ५ करोड ५० लाख रुपैयाँबराबरको थोक मूूल्यमा खपत हुने गरेको छ ।

नेपाली औषधि उत्पादकहरूले ५१ थरीका औषधिमा आत्मनिर्भर भएको भन्दै आयात नगर्न सरकारलाई पटक–पटक आग्रह गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । जसअन्तर्गत एम्लोडिपिन, मेटफर्मिन, एमोक्साइक्लिन, एजिथ्रोमाइकिन, पेन्टाप्राजोल, अलप्राजोलम, इकोलोप्राम, लोसार्टेन पोटासियम, सेफेक्जाइम, ¥याविप्राजोललगायत छन् ।
यस्तै, मेट्रो निडाजोल, ओमिप्राजोल, टिनिड्याजोल, डिक्लोेफेनक जेललगायत रहेका छन् । तर, यहाँ उत्पादन भएका औषधिलाई छाडेर सोही प्रकृतिकै औषधि बाह्य देशबाट धमाधम आयात भइरहेका छन् ।
नेपालमा औषधि हुँदाहुँदै बाह्य देशका औषधिलाई बढी प्राथमिकता दिइएको भन्दै नेपाली औषधि उत्पादकहरू रुष्ट छन् । सरकारी निकायले उचित नियमन गर्न नसक्दा नेपाली औषधिले बजारमा स्थान पाउन नसकेको उत्पादकहरूको आरोप छ ।
३० थरीका औषधिमा आफूहरू आत्मनिर्भर भएको नेपाली औषधि उत्पादकहरूले बताएपछि तत्कालीन सरकारले स्वदेशमै उत्पादित प्रकृतिका औषधि विदेशबाट आयात नगर्ने निर्णय गरेको थियो । राजधानी दैनिकमा खबर छापिएको छ ।