२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुन्डी कारोबार गर्नेलाई जनही १२ अर्ब ४८ करोड जरिवाना



अ+ अ-

काठमाडौं । अवैध रूपमा ठूलो परिमाणमा अन्तरदेशीय हुन्डी कारोबार गरेको अभियोगमा आठजनालाई मुद्दा चलाइएको छ। राजश्व अनुसन्धान विभागले सर्वाधिक बिगो दाबीसहित सोमबार धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। आरोपीमा तीन भारतीय नागरिक छन्।

आपसी मिलिभगतमा ‘ह्वाट्सएप एप्लिकेसन’को माध्यमबाट चार अर्ब १६ करोड ३३ लाख ३१ हजार नौ सय दश रूपैयाँ ७५ पैसा बराबरको अन्तरदेशीय हुन्डी कारोबार गरेको दाबी विभागको छ। विभागले सात जनालाई तीन वर्ष कैद र जनही १२ अर्ब ४८ करोड, ९९ लाख ९५ हजार सात सय ३२ रूपैयाँ ७५ पैसा जरिबाना गर्नसमेत माग गरेको छ।

एकजना १५ वर्षका बालक रहेकाले वयस्कलाई हुने सजायको आधा सजाय तोक्न माग गरिएको छ। विभागका महानिर्देशक दीर्घराज मैनालीले हुन्डीमा ‘रेकर्ड ब्रेक’ भएको बताए। अभियुक्तमध्ये ६ जना पक्राउ परेका छन्। विभागको निर्णयअनुरूप राजश्व अनुसन्धान कार्यालय पथलैयाले मुद्दा दायर गरेको हो।

हुन्डी कारोबारमा संलग्नताको अभियोगमा जनकपुर उपमहानगर९११ का रामेश्वर पुर्वे, मिनादेवी साह, विजय यादव, उपमहानगरकै वडा नम्बर ७ का मोख्तार अममद, सन्तोष महतो, भारत विहार मधुवनी बासोपट्टीका नरेश महतो, सुरज ठाकुर र भारत पूर्वी चम्पारण मधुवनीका पप्पुकुमार दासविरूद्ध अवैध हुन्डी कारोबारको अभियोग लगाइएको छ।

प्रतिवादीमध्ये पुर्वे र साह फरार छन् भने पप्पुकुमार १५ बर्से बालक भएका कारण पक्राउपछि छाडिएको छ। अभियुक्तहरू यादव, अममद, ठकुर र महतोद्वयलाई अभियोगपत्रसँगै अदालतमा पेश गरिएको महानिर्देशक मैनालीले बताए। ‘अभियुक्तहरूले दुवैतिर कमिसन लिएर अवैध कारोबार गरेको देखिएको छ।

अवैध कारोबारबाट एकातर्फ विदेशी मुद्रा आउन रोकियो। अर्कातिर न्यून विजकीकरण भएर व्यापारिक सामानहरू आउने भयो,’ मैनालीले अन्नपूर्णसँग भने, ‘यसरी ३० प्रतिशत मात्र मान्दा पनि औसत सवा अर्ब राजश्व घाटा बेहोर्नुपर्ने हुन्छ। आयकर र भन्सार डिक्लियर नहुने कारणले बजारमा पनि कुनै रेकर्ड नहुने अवस्था रहन्छ।’

आपसी मिलिभगतमा ‘ह्वाट्सएप एप्लिकेसन्सन’ प्रविधिको माध्यमबाट परस्पर हुन्डी कारोबार विवरणहरू सांकेतिक शब्द र चिन्हहरू प्रयोग गरी गुटमेलका कारोबारीसँग आदानप्रदान गरिएको अभियोगपत्रमा उल्लेख छ। अनुसन्धानकाक्रममा विदेशी मुद्रा र नेपाली रुपैयाँ हुन्डीको माध्यमबाट अवैध अन्तरदेशीय कारोबार गरेको पुष्टि भएको दाबी विभागको छ।

अनुसन्धानबाट जफत गरिएका भौचर र बहिखाताबाट चार अर्ब, १५ करोड ४९ लाख, ५२ हजार दुई सय ५१ रुपैयाँ कारोबार भएको फेला परेको छ। यस्तै साहको जनकपुर९११ स्थित घरबाट ८३ लाख ६९ हजार दुई सय ५० नेपाली रूपैयाँ र ६ हजार पाँच सय भारतीय रूपैयाँ भेटिएको छ।

प्रतिवादीहरूले गरेको उक्त कार्य विदेशी विनिमय ऐन, २०१९ को दफा ३ ९१०, ४ ९१० र ४ ९२० तथा दफा ९ ९ग० को उपदफा क, ख र ग विपरीत कसुर अपराध गरेको दाबी गरिएको छ। ती दफाहरूमा अवैध हुन्डी कारोबारको परिभाषा र अपराधको वर्गीकरण गरिएको छ। उनीहरूलाई सोही ऐनको दफा १७ ९१० अनुरूप जरिवाना गर्नसमेत माग छ। उक्त दफामा यस्तो अपराधमा बिगोको तेब्बर जरिवानाको व्यवस्था छ। ऐनअनुसार कसुरको बिगो एक करोड रूपैयाँभन्दा बढी भएको अवस्थामा अदालतले थप सजायसमेत तोक्न सक्ने व्यवस्था छ।

गत पुस २२ गते गोप्य सूचनाका आधारमा छापा मारी जनकपुरधाम९११ किसोरीनगरबाट हुन्डी कारोबारीहरूलाई पक्राउ गरिएको थियो। उनीहरूले स्थानीय रामेश्वर साहको घरबाट कारोबार गरिरहेको धनुषा प्रहरीले जनाएको छ। भारतीय रूपैंयासहित विभिन्न बैंकका ३१ थान चेकबुकहरू, एटीएम कार्ड र अन्य कागजात बरामद गरेको थियो।

यो समूहले तेस्रो मुलुकहरू अस्ट्रेलिया, चीन, मलेसिया र खाडी देशमा हुन्डीमार्फत रकम लिने दिने गर्दै आएको प्रहरी अनुसन्धानमा फेला परेको छ। बैकिङ च्यानल प्रयोग नगरी ‘एजेन्ट’मार्फत सोझै रकमको कारोबार हुन्डीमा गर्ने गरिन्छ। समाचार अन्नपूर्णपोष्टमा छ ।