५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी गाडी जलाउनेलाई रिहा गर्न कांग्रेसको हारगुहार



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले सरकारी गाडी जलाउने विद्यार्थी नेतालाई रिहा गर्न सरकारलाई चेतावनी दिएको छ। शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले हस्तक्षेप गरेको भन्दै कांग्रेसले चेतावनी दिएको हो।

पोखरामा आज भएको प्रदर्शनमा नेविसंघका नेताहरुलाई गिरफ्तार गरिएको घटनाले सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र उदाङ्गो बनाएको छ, यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दै गिरफ्तार गरिएका सबै विद्यार्थी नेताहरुको तुरुन्त रिहाई गर्न सरकारलाई चेतावनीका साथ आग्रह गरेको हो ।

गिरफ्तार भएका विद्यार्थी नेताहरुलाई रिहाईको माग गर्दै वानेश्वरमा मंगलबार गरिएको प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष नवीन राई, विदेश सल्लाकार डम्वर सुनार, केन्द्रीय सदस्य प्रेम शाही लगायतका नेताहरू पक्राउ परेका छन्। उनीहरूलाई महेन्द्र पुलिस क्लव, महानगरीय प्रहरी वृत गौशाला र अनामनगरमा राखिएको छ।