• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

निर्मला हत्याबारे रहस्य खुल्दै ! हत्या भएको ठाउँ नजिकै…



काठमाडौँ । गरिएका अनेकौँ अनुमान, दलका स्थानीय नेता, पत्रकार, मानवअधिकारवादी, एनजिओकर्मी लगायत केही केहीका स्वार्थजन्य क्रियाकलाप, समातिएका व्यक्ति र विवाद हुने गरी आएका अनेकौँ प्रसंगलाई झुठो सावित गर्दै अन्ततः महेन्द्रनगरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको फरक निश्कर्ष दोषीको रेखाचित्रसहित एक साताभित्रै सार्वजनिक हुने भएको छ । जनआस्था साप्ताहिकमा खबर छ ।

निर्मलालाई बलात्कार र हत्या गर्ने व्यक्तिको पहिचान भइवरी हत्यार हो भन्ने अभियोग पुष्टि गर्नको लागि आवश्यक प्रमाण संकलन, सम्बन्धित व्यक्तिहरुको बयानका काम धमाधम चलिरहेको छ । केन्द्रीय प्रहरीले उपत्यका अपराध महाशाखाबाट एसपी मनोहरप्रसाद भट्ट , डिएसपी रुगमबहादुर कुँवर र सई गजेन्द्रबहादुर रावल अनि सिआईबी, मेट्रो र विशेष ब्यूरोका झण्डै दुई दर्जन अफिसरसहितको टोलीलाई डेढ महिनाअघि निर्णायक अनुसन्धानमा कञ्चनपुर खटाएपछि प्रहरी यस्तो परिणमनिकट पुगेको हो । पहिला मानसिक सन्तुलन ठीन नभएका दिलिप सिंह विष्टजस्ता व्यक्ति समातिए जस्तै यो टोलीले थप पाँच जना रोगी फेला पारिसकेको बताइन्छ ।

प्रहरी अनुसन्धानअनुसार निर्मला पन्तलाई जुन ठाउँमा लगेर दुव्र्यवहार गरियो, घटनाभन्दा ६ महिनाअघिदेखि त्यस्ता क्रियाकलाप त्यही हुँदै आएका थिए । त्यही ठाउँमा अर्की युवतीमाथि पनि बलात्कार प्रयास भएको खुलेको छ । डेढ महिनाअघि निर्मला बलात्कृत भएको घटनाभन्दा २० मीटर पर अर्को प्रयास भएको र, यसप्रकार उही व्यक्तिबाट १७–१८ जना युवती पीडित भएको पत्तो लागेको छ ।

प्रहरीसँग नाम र सम्पर्क नै छ, पीडीतिहरुको । बोल्ने त प्रहरीमा गुहार माग्न पुग्ने मान्छेमात्रै हुन् । कतिपयले घरपरिवारमा ‘यसले यस्तो गर्यो’ सम्म पनि भन्न सकेका छैनन् । प्रहरीले फेला पारेको छ ।

एक युवती १० पटकभन्दा बढी त्यही पुरुषबाट पीडित भएकी । स्कुल पढ्ने ती छात्राले अहिलेसम्म घरमा पनि त्यसबारे भनेकी छैनन् । निर्मला बलात्कृत भएकै उखुबारीमा माघको पहिलो साता ती पुरुषले अर्की एक बालिकालाई लखेटेका थिए ।