५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

महरको नेतृत्व ‘असफल’, नेविसंघ विघटनको तयारी



अ+ अ-

काठमाडौ‌ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यसमिति विघटन गर्ने तयारी गरेको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल महर नेतृत्वको विकल्पमा जान सहमत भएका छन्।

पौडेलले संघको वर्तमान नेतृत्वले संगठन बनाउन र अधिवेशन गर्न नसकेको भन्दै विघटनको प्रस्ताव गरेका थिए। उनले विश्वसनीय ढंगको तदर्थ समिति बनाउनुपर्ने बताएका थिए।

उपसभापति विमलेन्द्र निधिले राजनीतिक र वैधानिक रूपले समेत वर्तमान कार्यसमिति राखिराख्नु औचित्य नभएकाले तदर्थ समिति बनाउने पक्षमा मत राखेका थिए।

पूर्वमहामन्त्री कृष्ण सिटौला भने विघटनको विपक्षमा छन्। उनले सबै भ्रातृसंस्थालाई अधिवेशन गराउने समय दिनुपर्ने बताए। सभापति देउवाले ६ महिनाभित्र महाधिवेशन गराउने गरी नयाँ नेतृत्वमा तदर्थ समिति बनाउने तयारी अघि बढाएको एक केन्द्रीय सदस्यले बताए। यो खबर आजको कान्तिपुर दैनिकले समाचार छापेको छ।

पौडेलले दोहोर्‍याए महाधिवेशनको तालिका
वरिष्ठ नेता पौडेलले २०७६ फागुन ७ मा पार्टी महाधिवेशन गर्ने प्रस्ताव बुधबार पनि दोहोर्‍याएका छन्। देउवाले पनि साढे ५ वर्षभित्र मात्रै महाधिवेशन हुने जवाफ फर्काए।

पार्टीको विधानअनुसार आगामी ०७६ फागुनभित्र नियमित महाधिवेशन गराउनुपर्ने हुन्छ। विधानमा थप एक वर्षको समय बढाउन सक्ने प्रावधान छ।

संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा भने साढे ५ वर्षभित्र महाधिवेशन गराउन सक्ने प्रावधान छ। देउवाले संविधानकै व्यवस्था टेकेर साढे ५ वर्षमा महाधिवेशन हुने जवाफ पौडेललाई दिएका हुन्।

‘महाधिवेशन पर सार्ने कुरा भइरहेको छ, ५ वर्षको मात्रै राजनीतिक जीवन हो भने सार्ने कुरा गरौं,’ पौडेलले भने, ‘होइन भने समयमै महाधिवेशन हुनुपर्छ, मैले जुन एजेन्डा प्रस्तुत गरेको छु, त्यही एजेन्डा लिएर अघि बढ्नुपर्छ।’