१५ फाल्गुन २०८१, बिहीबार
February 27, 2025 Thursday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.79

Wind: 4.63

Humidity: 59

Latest
युद्धविरामको अर्को चरणका लागि वार्ता सुरु गर्न हमासको इजरायलसँग आग्रह प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रेम सम्बन्धकै कारण युवकको हत्या नेक्स्ट-जेन मोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ महेन्द्र मोरङ क्याम्पसमा झडपः स्ववियू सभापतिले कुटे नेवि संघ जिल्ला सभापति राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीले संगठन विस्तार अभियान सञ्चालन गर्ने संस्कृतिसँग जोडिएका पोखरी मकवानपुरबाट १२७ किलो गाँजाको धुलो र ६ किलो अफिमसहित एक जना पक्राउ इलाममा पिकअप भ्यान दुर्घटना हुँदा १५ जना घाइते स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुरातन अभ्यास परिवर्तन आवश्यकः स्वास्थ्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई अध्यक्षलाई लक्षगरी भिम रावलको ट्वीट- पार्टी फुट्ला संयमित हुनु



अ+ अ-

काठमाण्डु – नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डको जुहारी चलिरहेका बेला नेता भिम रावलले पार्टी फुटेका विगतका इतिहासलाई सम्झेर संयमित हुन आग्रह गरेका छन् । पछिल्लो समयमा अध्यक्ष ओलीका कट्टर विरोधी मानिएका रावलले आज ट्वीट गरेर विगतमा पार्टी फुटेका इतिहासको पनि मनन् गर्न र त्यो इतिहास नेकपामा पनि दोहोरिन सक्ने भन्दै संयमित हुन आग्रह गरेका हुन् ।

भेनेजुएलाको राजनीतिक संकटमा अन्तर्रा्ष्ट्रिय समुदाय विभाजित बनेसंगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र पनि ‘भेनेजुएलाको काण्डले हलचल मच्याएको छ । भेनेजुएला प्रकरणमा नेता भीम रावलले अरु देशबारे टिप्पणी गर्दा पार्टी फुटेका विगतको इतिहास सम्झेर संयमित हुनु पर्ने उल्लेख गरेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी हस्तक्षेपको विरोध गरेसंगै अमेरिकी दूतावासले त्यसपछि सरकारको आधिकारिक धारणा मागेको थियो । घटनाक्रम विकसित हुँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुएला काण्डमा प्रचण्ड केही चिप्लिएको बताएका थिए । त्यसको प्रतिक्रिया प्रचण्डले पार्टी फुट्न सक्ने सम्भावना जताएर दिए । प्रचण्डले पार्टी फुटन सक्ने सम्भावना रहेको बताएलगत्तै भीम रावलले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

उनले ट्वीट गर्दै लेखेका छन्, ‘विगतमा कुनै देश र सरकार विशेषबारे सार्वजनिक रुपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत आएको स्मरण गर्दै संयमित भएर विधि र बैठकबाट विवाद टुंग्याउनु र पार्टी एकीकरणको काम अबिलम्ब पूरा गर्नु बुद्धिमानी कार्य ठहरिने छ ।’