९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् विश्वकै कान्छी लेखक



अ+ अ-

एजेन्सी । आफ्नो प्रतिभा देखाउनको लागी कुनै उमेर सीमा छैन । सानो बच्चाले पनि आफ्नो प्रतिभाले संसारलाई चकित पार्न सक्छ । 

तपाईले यस्ता धेरै उदाहरण संसारमा देख्न र सुन्न पाउनु हुनेछ जसमा सानै उमेरमा बालबालिकाले गीत–संगीत, अभिनय, नृत्य, लेखन आदि क्षेत्रमा आफ्नो प्रतिभा प्रमाणित गरेका छन् ।

यसै सन्दर्भमा एक कान्छी लेखकबारे चर्चा गरौं । वास्तवमा यी बालिकाले मात्र ५ वर्षमा किताब लेखेर लेखन क्षेत्रमा पहिलो पाइला राखेकी छिन् । यससँगै पुस्तक लेख्नको लागि उच्च अध्ययन र अनुभव होइन, कल्पना र मनोवृत्ति चाहिन्छ भन्ने पनि उनले प्रमाणित गरिन् ।

तीनको नाम बेला जे डार्क हो। किन्डरगार्टनमा पढ्दै गर्दा उनले विश्वकै कान्छी लेखिकाको उपाधि जितिन् । बेलाले गत वर्ष मात्रै एउटा किताब लेखेकी थिइन् र आफ्ना अभिभावकलाई भनेकी थिइन् । तर, बेलाका आमाबुवाले उनको कुरालाई ध्यान दिएनन्। बेलाले लेखेको किताब देखेपछि उनको रचनात्मकता र दर्शन देखेर सबै छक्क परे ।

बेलाकी आमा चेल्सी साइम र बुबा माइल्स डार्क आफ्नो छोरीको प्रतिभा देखेर स्तब्ध र गर्व गर्छन् । बेलाका अभिभावकका अनुसार यो बच्चाको कथाबाट प्रेरित भएको र यसबाट धेरै कुरा सिक्न सकिने छ । बेलाले लेखेको कथा हराएको बिरालोको थियो । यस पुस्तकको नाम ुद लस्ट क्याटु हो।

यो कथामा भनिएको छ कि बिरालो आमा बिना बाहिर जान्छ र हराउँछ । कथा पनि धेरै भावुक छ, किनभने यस जीवनमा आमाको भूमिका पनि शब्दहरूद्वारा बताइन्छ । बेलाकी आमाका अनुसार उनीहरु एउटा पुस्तक मेलामा गएका थिए जहाँ एउटा पुस्तक प्रकाशन संस्थाले कथा प्रकाशित गर्न चासो देखायो ।

यसपछि बालबालिकाका पुस्तकहरू प्रकाशन गर्ने जिंजर फाइरे प्रेसले उनको पुस्तक प्रकाशित गर्यो । यस पुस्तकको सबैभन्दा विशेष कुरा यो हो कि बेलाले यस पुस्तकका सबै तस्विरहरू बनाएकी छिन् । बेलाका आमाबुवा पनि आफ्नो छोरीको कथा अहिले संसारसामु आएकोमा निकै खुसी छन् ।