२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइजीपी शैलेन्द्र खनालको मन उड्यो आकाशमा (भिडियो सहित)



अ+ अ-

काठमाडौँ । प्रणय दिवसको अवसर पारेर शैलेन्द्र खनाल (शरद)को शब्द र गैरे सुरेशको संगीतले भरिएको ‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

सानिध्य खनाल र स्मीता दाहालद्वारा स्वरबद्ध यो गीत ‘शरद २’ एल्बममा समावेश छ । आक्स इन्टरटेन्मेन्टले बजारमा ल्याएको ‘शरद २’ एल्बममा यस गीत सहित ७ वटा गीत समावेश छ । युवराज वाइबाले निर्देशन गरेको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठ फिचर्ड छन् ।

डेढ दशक भन्दा बढी समयदेखि सांगितिक क्षेत्रमा सक्रिय गीतकार शैलेन्द्र खनाल (शरद) हाल सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरिक्षक समेत छन् ।