१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोजगारीका लागि विदेसिएका ५४५ जना नेपाली जेलमा, कोमामा रहेका विरामीको संख्या डरलाग्दो



अ+ अ-

काठमाडौं । रोजगारीका लागि विदेसिएका ५४५ जना नेपाली कामदार विदेशी जेलमा रहेको खुलेको छ । विभिन्न अभियोगमा कारागरमा जीवन विताउन बाध्य नेपालीलाई ‘ब्लड मनी’ जुटाएर नेपाल ल्याउने क्रम चलिरहेको वैदेशिक बिभागले जनाएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार हाल विदेशको जेलमा ५२६ पुरुष र १९ महिला छन् ।

सबैभन्दा धेरै मलेसियाका जेलमा २०५ जना बन्दी जीवन बिताउँदैछन् । यस्तै यूएईमा १८५, कुवेतमा ५८, साउदीमा ५४, कतारमा ३५, बहराइनमा ५ र ओमानमा ३ नेपाली जेलमा छन् । यूईमा मात्रै १२ जना नेपाली महिला जेल जीपन बितइरहेका छन् ।

यसैगरी विदशी अस्पतालहरुमा २४ जना नेपाली कोमामा छन् । यसमा २१ पुरुष र ३ महिला छन् । कतारमा ९ जना, साउदीमा ५ जना, बहराइन र कुवेतमा ४/४ जना नेपाली कोमामा उपचारत छन् । ओमान र यूइईमा पनि एक/एक जना नेपाली कोमामा छन् ।