१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोपत्रे गर्न लागेको सडकमा एसएसबीको अवरोध



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको उत्तरी पश्चिम क्षेत्र ब्रम्हदेबमा नेपाली पक्षले बनाउन लागेको सडकमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको गरेको छ । भीमदत्त नगरपालिका ९ ब्रम्हदेबमा ४३ लाख लागतमा १.३८ मिटर सडक कालोपत्रे गर्न लागेको बेला निर्माण कार्यमा रोक लगाएको हो ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले शुक्रबार ब्रम्हेदब–टनकपुर जोड्ने नेपाल तर्फको भूमिमा सडक कालोपत्रे गर्ने कार्य अवरोध पुर्‍याएको न्यू जोशी कस्ट्रक्सनका संचालक भीमराज जोशीले बताएका छन् । काम शुरु गर्दा चार जना एसएसबी आएर काम रोकेको उनको भनाइ छ ।

जोशीका अनुसारएसएसबीले माथिको आदेश छैन भन्दै काम गर्न नदिएको बताए । एसएसबीले काम रोकेपछि सडकमै जेसिभी थन्किएको छ ।

भीमदत्त नगरका प्रशासकीय अधिकृत हरिसिह धामीले एसएसबीले विवादित क्षेत्र भन्दै निर्माण कार्य रोक्न भनेपछि काम रोकिएको बताए । दुवै देशका सीमा संयुक्त सर्वेटोली र डिएमस्तरिय बैठकबाट सीमा विवाद टुङ्गो लागेपछि मात्रै काम गर्नदिन्छौँ भन्दै काम रोकेको गुनासो गरेका छन् ।