१३ आश्विन २०८१, आईतवार
,
Latest
सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारसँग प्रश्न गर्न गएकी दिलकुमारी “सम्माननीय अध्यक्ष महोदय” भनेर फर्किन !



अ+ अ-

सम्माननीय अध्यक्ष महोदय,

गाई नेपालको राष्ट्रिय जनावर हो । गाईसँग हाम्रो धार्मिक आस्था पनि जोडिएको छ । मानव सभ्यतामा गाई लामो समयदेखि मानिसहरूको सारथि बन्दै आइरहेको जनावर हो ।

पछिल्लो समय शहरी क्षेत्रमा गाई उपेक्षाको शिकार बनिरहेको छ । दूध दिँदासम्म पाल्ने र त्यसपछि सडकमा बेवारिसे छाडिदिने क्रम बढेको छ । यो कार्य अमानवीय त छँदैछ, निन्दनीय पनि हो ।

काठमाडौंका सडकमा गाईहरू बेवारिसे ढंगले छाडिएका छन् । जसका कारण सडक फोहोर त भएको छ नै दुर्घटना समेत बढेको छ ।यो समस्या काठमाडौंमा मात्र होइन रहेछ । राष्ट्रिय सरोकार तथा समन्वय समितिबाट कार्यक्रमको शिलशिलामा केही दिनअघि हामी धनगढी पुगेका थियौं । त्यहाँ झन विकराल समस्या रहेको पायौं ।

सडकमा हुलका हुल गाईवस्तु देखिए । दिउँसोको समयमा जंगलतिर चर्न जाने हुनाले अलि कम देखिए पनि रातको समयमा सबै गाईवस्तु सडकमा फर्किने रहेछन् । जसले गर्दा यातायात आवागमनलाई पनि प्रभावित पारिरहेको पाइयो । दिनहुँजसो दुर्घटना हुने गरेको स्थानीयले बताए ।

सम्माननीय अध्यक्ष महोदय मार्फत सरकारलाई प्रश्न गर्न चाहन्छु, यसरी छाडा छाडिएका गाईवस्तुको संरक्षण र व्यवस्थापनमा राज्यको ध्यान किन गइरहेको छैन ?
सडकमा गाईवस्तु जथाभावी छाड्नेलाई कारवाही किन हुँदैन ? यस्तो अमानवीय कार्यमा संलग्नलाई कानूनको दायरामा ल्याइयोस् ।

सडकमा कष्टकर र बेवारिसे ढंगले रहिरहेका गाईवस्तु व्यवस्थापनमा राज्यको ध्यान तत्काल जाओस् । कुनै निश्चित ठाउँमा गौशाला निर्माण गरी गाईवस्तुलाई राख्ने व्यवस्था गर्ने पो हो कि !

केही दिनअघि मैले समाचारमा पढेको थिएँ, दाङमा यस्ता गाईवस्तुको संरक्षणमा स्थानीय युवाहरू नै जुटेका छन् ।


४ बिघा जग्गा भाडामा लिएर उनीहरूले शुरू गरेको गौशालामा अहिले २ सयभन्दा बढी गाई राखिएको रहेछ । गाईवस्तुको मलमूत्र बिक्री र त्यहाँबाट उत्पादन हुने मल सदुपयोग गरी खेतीपाती गर्दा उनीहरूले वार्षिक ६÷७ लाख रुपैयाँ आम्दानी समेत गरिरहेका रहेछन् ।

देशका अन्य ठाउँमा समेत यो विकल्पतर्फ सरकारले सोच्ने पो हो कि ! यस्तो कार्य गर्न चाहने युवालाई राज्यले केही सहुलियत दिएर प्रोत्साहित गर्न सके समस्या केही हदसम्म समाधान हुन सक्थ्यो कि !

सम्माननीय अध्यक्ष महोदय,
सडकमा समस्या अर्को पनि छ, कुकुरहरूको ।

हालसालैको एक अध्ययन अनुसार नेपालमा ३० लाखभन्दा बढी कुकुर रहेको तथ्याङ्क छ । काठमाडौं उपत्यकामा मात्र २० हजार भन्दा बढी कुकुर सडकमा छन् । उपत्यकाभित्र घरपालुवा कुकुरको संख्या १ लाखभन्दा बढी रहेको अनुमान छ ।
सडकमा रहेका कुकुरहरूका कारण यातायात आवागमनमा समेत प्रभाव परिरहेको छ । रेबिज जस्ता रोगहरूको प्रकोप फैलिने खतरा पनि छ । यस्ता कुकुरहरूको नियन्त्रण र व्यवस्थापनमा राज्यको ध्यान जान सकिरहेको छैन ।

सडकमा रहेका यस्ता कुकुरहरूलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरामा राज्यको ध्यान तुरुन्त जाओस् । यिनीहरूलाई कतै एकतृत गरेर व्यवस्थापन गर्ने या अन्य कुनै विकल्प हुन्छ, त्यसतर्फ यथाशीघ्र सोच्न सम्माननीय अध्यक्ष महोदयमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
धन्यवाद !