१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा सुमो दुर्घटना, २ को मृत्यु ६ जना घाइते



अ+ अ-

विराटनगर । शनिबार बिहान मोरङको कानेपोखरी गाउँपालिका–७ मा कन्टेनरमा टाटा सुमो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित अन्य ६ जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ६९१८ नम्बरको कन्टेनरमा सोही दिशाबाट आउँदै गरेको बा ११ च ७९४८ नम्बरको यात्रुबाहक टाटा सुमो बिहान ५ बजे ठोक्किएर दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार काठमाडौंबाट यात्रु लिएर झापा जाँदै गरेको टाटा सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा झापाको गौरादह नगरपालिका–४ का ४५ वर्षीय प्रकाश मगर र झापाकै अर्जुनधारा नगरपालिका–४ का ४७ वर्षीय रामकुमार आछामीको मृत्यु भएको थियो ।

यस्तै दुर्घटनामा घाइते हुनेमा गौरादह–४ की दुर्गा मगर, योगेश न्यौपाने, प्रविका मगर, बबिता मगर र काभ्रेको भुमुटार नगरपालिका–८ का रमेश तामाङ रहेका छन् भने सुमो चालक झापाको दमक नगरपालिका–२ कूलबहादुर रेग्मी पनि घाइते भएका छन्। घाइते प्रविका र बबिता मृत्यु भएका प्रकाशका छोरी र श्रीमती हुन्।