१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम ओलीले राउतसँगको सहमति र विप्लवको प्रतिवन्धबारे संसदमा जवाफ दिने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले संसदमा सिके राउतसँग गरिएको सहमति र विप्लव प्रतिवन्धबारे जवाफ दिने भएका छन् । पछिलो समय यहि मुद्दाले गर्दा प्रतिपक्षि र सत्तापक्षबाटै चर्को आलोचना भएको भन्दै आज जवाफ दिन लागिएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ओलीले सम्बोधन गर्न लागेका हुन् । संसद बैठककमा सरकारले गरेका काम कारवाही र निर्णयबारे सांसदहरुले पछिल्लो समय संसदमा उठाएको प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने छन् ।

यसअघि गत फागुन २४ गते सरकारले स्वतन्त्र मधेस गठबन्धनका सिके राउतसँग ११ बुँदे सहमति गरेको थियो । त्यस्तै फागुन २८ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएको थियो ।

सरकार र राउत समुहबीच ११ बुँदे सहमतिपछि राउत राजनीतिक मुलधारमा आएको सरकारी पक्षले दावी गरेपनि सहमतिपछि पनि उनका गतिविधि शंकास्पद रहेको भन्दै आलोचना रोकिएको छैन ।