काठमाडौ । नेत्र विक्रम चन्द नेतृवको नेकपाका कारण सुरक्षा चुनौती बढेको भन्दै सिंहदरबार प्रवेशमा थप कडाइ गरिएको छ । अन्य दिनमा परिचयपत्र वा पास देखाएर प्रवेश गरिरहेका कर्मचारीको पनि (आज) आईतबार झोला, खल्ती र ज्याकेट चेक गरिएको छ ।
प्रहरीले सूचना नै जारी नगरि एक्कासी चेकजाँच गर्दा सिंहदरबार छिर्ने सवारी साधनको लामै लाइन बनेको छ । सिंहदरबार वरपर जाम बढेको छ ।