१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार किलो चरेशसहित एक भारतीय नागरिक पक्राउ



अ+ अ-

वीरगञ्ज । वीरगञ्जमा चार किलो चरेशसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना छौडादानो ग्राम जितपुर–८ बस्ने ४३ बर्षिया शुभनारायण साहलाई रहेका छन् ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित ईनर्वा चौकी अगाडी चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट रक्सौलतर्फ पैदल जादै गरेको क्रममा प्रहरीले पक्राउ गरेको थियो ।

उनको साथबाट लागूऔषध चरेश ४ किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । खुट्टामा कालो पट्टी बाँधेर उनले चरेश लुकाएर लैजाँदै गरेको अवस्थामा उनलाई प्रहरीले पक्रन सफल भएको थियो ।