१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप बिना दिल्लीको शानदार जित, मुम्बई पराजित



अ+ अ-

मुम्बई । नेपाली युवा बलर सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा जित निकालेको छ । दिल्लीले पहिलो जित निकाल्ने क्रममा मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गरेको हो ।

आइतबार राति खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनायो। जवाफी ब्याटिङमा ओर्लिएको मुम्बईले भने १९.२ ओभरमा अलआउट हुनुअघि १७६ रनमात्र बनाउन सक्यो।

पहिले ब्याटिङ गरेको दिल्लीका लागि रिसव पन्तले आक्रामक पाली खेल्दै अविजित ७८ रनको योगदान गरे। उनले केवल २७ बलको सामना गरी ७ छक्का र ७ चौका प्रहार गरे। त्यस्तै कोलिन इन्ग्रामले पनि ४७ रन बनाए। उनले ३२ बलमा एक छक्का र सात चौका प्रहार गरे। ओपनर शिखर धवनले पनि टोलीको खातामा ४३ रन थपे। उनले ३६ बलको सामना गरी एक छक्का र चार चौका हिर्काएका थिए।

विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मुम्बईका लागि युवराज सिंहले ५३ रन बनाए । उनले ३५ बलको सामना गरी तीन छक्का र पाँच चौका पनि प्रहार गरेका थिए। क्रुनाल पाण्डेयले १५ बलमा एक छक्का र पाँच चौकाको मद्दतले ३२ तथा ओपनर क्विन्टन डी ककले १६ बलमा एक छक्का र चार चौकाको मद्दतले २७ रन जोडे। मुम्बईलाई लक्ष्यसम्म पुग्न नदिन दिल्लीका बलर इशान्त शर्मा र कागिसो राबडाले दुई÷दुई विकेट लिए।

दिल्लीले आइतबारको खेलमा सन्दीपलाई खेलाइएको थिएन। अघिल्लो सिजन पनि सन्दीपले दिल्लीबाटै खेलेका थिए। उनी आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर हुन्।

खेलमा दिल्लीका रिसव पन्त म्यान अफ दी म्याच बन्न सफल भएका थिए ।