१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कप छनोट : बेल्जियम र पोल्यान्डको लगातार दोस्रो जित



अ+ अ-

काठमाडौँ । युरो कप फुटबलको छनोट खेलमा बेल्जियम र पोल्यान्डले लगातार दोस्रो जित हात पारेका छन् । समूह ‘आई’ अन्तर्गत सोमबार बिहान खेलिएको खेलमा बेल्जियमले साइप्रसलाई उसैको मैदानमा २–० गोलले पराजित गर्‍यो ।

बेल्जियमले दुबै गोल नौ मिनेटको बीचमा गरेको थियो । खेल सुरु भएको १०औं मिनेटमै अनुभवी खेलाडी इडेन हाजार्डले बेल्जियमका लागि पहिलो गोल गरे । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीबाट ब्यवसायिक फुटबल खेल्ने हाजार्डले राष्ट्रिय टोलीबाट खेलेको यो एक सयौं खेल हो ।

हाजार्डले गोल गरेको नौ मिनेटपछि नै मिची बात्सुयीले बेल्जियमका लागि दोस्रो गोल गरेका थिए । क्रिस्टल प्यालेसबाट ब्यवसायिक फुटबल खेल्ने उनले बेल्जियमका लागि गरेको गोल सँख्या १३ पुगेको छ । उनले राष्ट्रिय टोलीबाट खेलेको यो २५औं खेल हो ।

सोही समूहको अर्को खेलमा स्कटल्यान्डले सन मारिनोलाई उसैको मैदानमा २-० गोलले हरायो । लगातार दुई खेलमा जित हात पारेको बेल्जियम ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । दुई खेलबाट तीन अंक जोडेको रुस दोस्रो तथा समान अंक हात पारेका कजाकस्तान, साइप्रस र स्कटल्यान्ड क्रमशः तेस्रोदेखि पाँचौं स्थानमा आसिन छन् ।

यसैगरी समूह ‘जी’ अन्तर्गतको खेलमा पोल्यान्डले घरेलु मैदानमा लात्भियालाई २-० गोलले हरायो । सोही समूहको अर्को खेलमा इजरायलले घरेलु मैदानको फाइदा उठाउँदै बलियो अस्ट्रियालाई ४-२ गोलले पराजित गर्‍यो ।

लगातार दोस्रो खेलमा सफलता हात पारेको पोल्यान्ड ६ अंकसहित पहिलो स्थानमा छ । चार अंकसहित इजरायल दोस्रो र समान अंक बटुलेको मासेडोनिया तेस्रो स्थानमा छन् ।