१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा हिन्दू बालिका अपहरणको घटनामा जाँचको आदेश



अ+ अ-

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुई नाबालिक हिन्दू दिदीबहिनीको अपहरणपछि जबर्जस्ती धर्म परिवर्तनको घटनामा जाँचको लागि निर्देशन दिएका छन् । पाकिस्तानको सिन्ध प्रान्तमा भएको यो घटनालाइृ लिएरभारतीय विदेशमन्त्री सुषमा स्वराजले पनि यो घटनामा गम्भीरता देखाउँदै यसको सत्यतथ्य छानबिनका लागि माग गरेकी थिइन् ।

होलीको दिन एक हिन्दू परिवारका २ नाबालिकाको अपहरण भएको थियो । अपहरणपछि उनीहरुको जबस्र्जस्ती विवाह गराइएको थियो ।

साथै, उनीहरुको धर्म पनि परिवर्तन गराइएको थियो । यो घटना सञ्चारमाध्यममा पनि प्रकाशित भएको थियो । यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री खानले सिन्ध एवम् पञ्जाव सरकारलाई घटनाबारे संयुक्त कार्ययोजना बनाउन निर्देशन दिएका हुन् । उनले यस किसिमको घटना नदोहोरिनका लागि बलियो कदम उठाउन पनि निर्देशन दिएका छन् ।