१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा सेना परिचालन हुने : रक्षामन्त्री पोखरेल



अ+ अ-


विराटनगर ।  उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सुरक्षा परिषद्को बैठक नबसेको खण्डमा अध्यक्षको नाताले प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकबाट भएपनि मुलुकमा सेना परिचालन हुने बताएका छन् । उनले प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकको प्रस्ताव राष्ट्रपतिबाट सदर भएपछि सेना परिचालन गर्न सकिने बताए ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सेना परिचालनको एक महीनापछि प्रतिनिधिसभाबाट उक्त प्रस्ताव पास हुनुपर्छ भन्दै प्रधानमन्त्री एक्लैको निर्णयबाट सेनाको परिचालन हुने भन्ने कुरा गलत भएको बताएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले विप्लव समूहले बम पड्काउने, मान्छे मार्ने जस्ता अनुचित काम गरेकाले सरकारले प्रतिवन्ध गरेको दोहोर्‍याए । तर, सरकारले कुनै राजनीतिक पार्टी र दललाई निषेध गर्न भने नखोजेको उनले बताए ।