१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिकमा विद्यार्थीको संख्या बढेपछि निजी विद्यालय सञ्चालनमा समस्या



अ+ अ-

डोटी । जिल्लाका राम्रो पढाइ हुनथालेपछि निजी छाडेर सामुदायिक विद्यालयतर्फ विद्यार्थी आकर्षित हुन थालेका छन् । विगतकोभन्दा केही फरक तथा शिक्षाको गुणस्तर पनि राम्रो भएकाले विद्यार्थीको आकर्षण बढ्न थालेको स्थानिएको भनाइ रहेको छ ।

पछिल्लो समय यहाँका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु हुन थालेपछि निजी विद्यालयमा भन्दा शिक्षाको गुणस्तर राम्रो भएको अभिभावकको दाबी छ ।

केही सामुदायिक विद्यालयमा प्रशस्तरुपमा कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पानीको व्यवस्था, खेल मैदान, विद्यालय प्रवेश गर्ने बित्तिकै अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापका कारण विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित हुन थालेको शिखर नगरपालिका वडा नं १ कपल्लेकीका वडाध्यक्ष खड्क शाहीले बताए ।

डोटीसँगै जोडिएका अछाम, डडेल्धुरा तथा बैतडीका विद्यार्थी यहाँका सामुदायिक विद्यालयमा पढ्न आउन थालेको आदर्श गाउँपालिकामा रहेको तलारा माविका प्रधानाध्यापक टेकबहादुर सिंहले बताए ।

उनले भने , “हामीले पढाइको गुणस्तर सँगसँगै अन्य वातावरण पनि राम्रो बनाएकाले हामीकहाँ जिल्ला बाहिरबाट पनि पढ्नका लागि विद्यार्थी आउन थालेका छन् ।”

निजीमा पढ्ने विद्यार्थी धमाधम सामुदायिक विद्यालयमा पढ्न जान थालेपछि निजी विद्यालय सञ्चालनमा समस्या हुन थालेको बताइएको छ ।