१६ भाद्र २०८३, मंगलवार
,
Latest
सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात वर्षअघि भएको बम बिस्फोट घटनाको अन्तिम सुनुवाई सुरु, पूर्वमन्त्री साहलाई तनाव



अ+ अ-

जनकपुरधाम । सात वर्षअघि सात जनाको ज्यान जाने गरी जनकपुरमा भएको बम बिस्फोट घटनाको अन्तिम सुनुवाई सुरु भएको छ । आइतबार शुरु भएको सुनुवाईमा सोमबारसम्म सरकारी वकिलहरुले बहस सिध्याएका छन् ।

सोमबार जाहेरबालाको तर्फबाट बहस सकिए मंगलबार प्रतिवादीका कानुन व्यवसायीहरुले बहस सुरु गर्नेछन् । प्रतिवादीको तर्फबाट धेरै कानुन व्यवसायीले बहस गर्न नाम लेखाएका छन् ।

बम विस्फोटका मुख्य योजनाकार भनिएका तत्कालिन सांसद सञ्जयकुमार साह र घटनामा संलग्न रहेको आरोपमा तत्कालिन तराई जनतान्त्रिक पार्टी मधेस नामक भूमिगत संगठनका अध्यक्ष मुकेश चौधरी, सहित मुकेश कर्ण र ओमप्रकाश यादवलाइृ थुनमा राखिएको थियो ।

उक्त मुद्दामा जिल्ला न्यायाधीश राजेशकुमार कटुवालको इजलासमा सुनुवाई भइरहेको छ ।

२०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै जनकपुरको रमानन्द चोकमा धर्ना बसेको स्थलमै बम विस्फोट भएको थियो । मिथिला राज्य संघर्ष समितिले आयोजना गरेको धर्ना कार्यक्रममा विष्फोट हुँदा रंङ्गकर्मी रञ्जु झा, झगरु मण्डल, दीपेन्द्र दास, विमलशरण दास र सुरेश उपाध्यायको मृत्यु भएको थियो ।