१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कप छनोट : दोस्रो खेलमा पनि पोर्चुगल बराबरीमा रोकियो, रोनाल्डो घाइते



अ+ अ-

लिस्बन । युरो कप छनोट फुटबलको आफ्नो दोस्रो खेलमा पनि साविक विजेता पोर्चुगलले सुखद नतिजा निकाल्न सकेन । समूह ‘बी’ अन्तर्गत मंगलबार बिहान घरेलु मैदानमा खेलिएको आफ्नो दोस्रो खेलमा पनि पोर्चुगल बराबरीमा रोकियो । दोस्रो खेलमा पोर्चुगललाई सर्बियाले १—१ गोलको बराबरीमा रोकेको हो ।

यसअघि आफ्नो पहिलो छनोट खेलमा पनि पोर्चुगललाई उसैको मैदानमा युक्रेनले गोलरहित बराबरीमा रोकेको थियो । खेल सुरु भएको सातौं मिनेटमै सर्बियाले अग्रता लिएको थियो । सर्बियाका लागि डुसान टाडिचले पेनाल्टीमार्फत गोल गरेका थिए ।

तर, पहिलो हाफको खेल सकिनुभन्दा तीन मिनेटअघि पोर्चुगलका लागि ड्यानिलो पेरेइराले जवाफी गोल फर्काएका थिए । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् । करिब ७० प्रतिशत समय बलमाथि नियन्त्रण राखे पनि पोर्चुगलका खेलाडीले सर्बियाको बलियो रक्षापँक्तिलाई चिर्न सकेनन् ।

खेलका क्रममा आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो घाइते भएपछि पोर्चुगललाई दोहोरो घाटा लागेको थियो । रोनाल्डो ह्यामस्ट्रिङ समस्याबाट पीडित भएको बताइएको छ । उनी ३१औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

सोही समूहको अर्को खेलमा युक्रेनले लग्जम्बर्गलाई उसैको मैदानमा २—१ गोलले पराजित गर्‍यो दुई खेल खेलेको युक्रेन चार अंकसहित पहिलो, लग्जम्बर्ग तीन अंकसहित दोस्रो र पोर्चुगल दुई अंकसहित तेस्रो स्थानमा आसिन छन् । यसैगरी एक खेल खेलेको सर्बिया एक अंकसहित चौथो स्थानमा छ ।