१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले तोक्यो चुनाव प्रचारक



अ+ अ-

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसले महाराष्ट्रमा पहिलो दुई चरणमा हुने लोक सभा निर्वाचनका लागि प्रचारकहरुको सूची तयार पारेको छ ।


पार्टीले मङ्लबार सार्वजनिक गरेको सूचीमा ४० जना नेताहरुको नाम रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।


सूचीमा काँग्रेस अध्यक्ष राहुल गान्धी, युपिए अध्यक्ष सोनिया गान्धी, पूर्वप्रधानमन्त्री डा मनमोहन सिंह, पार्टीका बरिष्ठ नेताहरू माल्लिकार्जुन खार्गे, गुलाम नाबी आजाद र सुशील कुमार शिन्देलगायत रहेका छन् । तोकिएका नेताहरुले ती निर्वाचन क्षेत्रका लागि पार्टीबाट उठाइएका उम्मेदवारलाई जिताउन हरेक प्रयास गर्नुहुने पार्टीले जनाएको छ ।


महाराष्ट्रमा ४८ सिटका लागि निर्वाचन हुन लागेको छ । सात चरणमा हुने लोकसभा निर्वाचन यही अप्रिल ११ देखि सुरु हुन लागेको छ । निर्वाचन मे १९ सम्म चल्नेछ ।


महाराष्ट्रमा भने अप्रिल ११ देखि सुरु भई पहिलो चार चरणमा निर्वाचन हुनेछ । निर्वाचनको नतिजा भने मे २३ मा घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ ।