६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजिनामा माग्दै शिक्षामन्त्रीको पुत्ला दहन, ठाउँ ठाउँमा तोडफोड र आगजनी



अ+ अ-

काठमाडौं । एसईइ परिक्षाको प्रश्नपत्र आउट भएपछि मधेश तनाबग्रस्त बनेको छ । आक्रोसित बिधार्थीको आन्दोलनले उग्रता लिइरहेको छ।

प्रदेश नं २ मा लगातार तिन दिन प्रश्न पत्र आउट भएपछि केन्द्र सरकारले परीक्षा नै स्थगित गर्दा प्रश्नपत्र सुरक्षित गर्न नसकेको भन्दै बिधार्थी हरुले शिक्षामन्त्री गिरिराजमणि पोख्रेल र मुख्य मन्त्री लालबाबु राउतको राजिनामा माग आन्दोलन उत्रिएका छन्।

बिज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि शनिबार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको समेत प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेपछि विद्यार्थी आन्दोलित भएका छन् ।

विद्यार्थीहरुले पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको खड्ग नगरपालिकास्थित कल्याणपुर र खरचुहियामा चक्काजाम गर्दा सयौं सवारी साधन रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन् । प्रहरीले कल्याणपुरको चक्काजाम खुलाए पनि खरचुहियामा निरन्तर चक्काजाम रहेका कारण यात्रुहरुलाई सास्ती भोग्नुपरिरहेको छ ।

आक्रोशित परीक्षार्थीहरुले सप्तरी सदरमुकाम राजविराजमा संघीय शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको पुत्ला जलाएका छन् । शिक्षा मन्त्रीले राजिनामा दिनुपर्ने मुख्य माग राख्दै उनीहरुले पुत्ला जलाएका हुन् ।