१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जमीन बाँझो राख्नेलाई सरकारले कारवाही गर्ने



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जमीन बाँझो राख्ने व्यक्तिलाई कारवाही गरिने बताएका छन् ।

एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा जिल्लास्थित पुनःनिर्माण प्राधिकरणद्वारा तेमाल गाउँपालिका–७ चाँपाखोरीमा राधाकृष्ण माध्यमिक विद्यालयको चार करोड ४० लाखमा निर्मित दुईतले दुईवटा भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा मन्त्री बाँस्कोटाले सो कुरा बताएका हुन् ।

सञ्चार मन्त्री बाँस्कोटाले भने, ‘जमीन बाँझो राख्नेलाई सरकारले कारवाही गर्छ, आफ्नो बाँझो रहेको जमीन उत्पादनमूलक बाली लगाउनुस् ।’ उनले एक सय रोपनीभन्दा बढी जमीन बाँझो राख्नेलाई सरकारले कारवाही गर्ने बताए ।

‘जमीन बाँझो राख्नेलाई कारवाही गर्न जमीन ऐन तयार भैइसक्यो’, उनले भने, ‘जमीनमा उत्पादनमूलक व्यावसायिक खेती गर्न सरकारले यस्तो नीति ल्याएको हो ।’
उनले व्यावसायिक खेती एवं पशुपालन गर्नेलाई सरकारले कृषि सहकारीमार्फत ऋण सहयोग गर्ने बताए ।

मन्त्री बाँस्कोटाले एक वर्षभित्र सामुदायिक माविलाई प्रविधिमैत्री बनाइने बताए । उनले भने, ‘सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीले एक वर्षभित्र आफ्ना पाठ्यक्रम कम्प्युटरमार्फत पढ्न पाउने वातावरण तयार गर्छौँ ।’

मन्त्री बाँस्कोटाले फरक प्रसंगमा तीनवटै सरकारले विकासका लागि ग्रामीण भेगमै बजेट लगाउने भएकाले प्राथमिकताका आधारमा विकासका काम थालिएको बताउँदै सोहीअनुरुप स्थानीय तहले आवश्यकतालाई मध्यनजर गरी बजेट विनियोजन गर्न आग्रह गरे ।

उनले भने, ‘जताततै सडक नखनौँ, प्राथमिकतामा एउटा योजना बनाएर त्यसैलाई गुणस्तर बनाउनुपर्छ, हामीले दिगो विकास चाहेका हौँ, क्षणिक हैन ।’ राजधानी दैनिकमा खबर छ ।