जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले वारा र पर्सा हुरी प्रभावितहरुलाई चारकोठे घर बनाइदिने बताएका छन् ।
बुधबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले हुरीका कारण पूर्ण रुपमा क्षतिग्रस्त घरहरु आगामी चार महिनाभित्र बनादिने घोषणा गरेका हुन् ।
अहिले हुरी पीडितहरु कष्टकर जीवन जीउन बाध्य भएको भन्दै यसप्रति प्रदेश सरकार गम्भीर रहेको बताए ।
उद्दार सकिए लगतै राहत वितरण प्रभावकारी भएको भन्दै उनले सहयोग गर्नेहरुलाई धन्यवाद दिए
हुरीबाट बाराको कलैया उपमहानगरपालिको वडा नम्बर १२ र १८, फेटा गाउँपालिकाको वडा नम्बर १, ६ र ७ हावाहुरीबाट बढी प्रभावित भएको छ ।
यसैगरी बाराकै प्रसौनी गाउँपालिकाको वडा नम्बर ४ र ६, महागढीमाई नगरपालिकाको ७, देवताल गाउँपालिकाको ७, पचतौरा नगरपालिकाको ७ र २, परवानीपुर गाउँपालिकाको वडा नम्बर ४ र सुवर्ण गाउँपालिकाका वडा १, ४, ५ र ८ मा पनि हावाहुरीबाट जनधनको क्षति पुगेको छ ।
हावाहुरीले पर्साको वीरगञ्ज महानगरपालिकाको वडा नं १८ र २२ तथा बौदरमाई नगरपालिकाको वडा नं ४ पनि प्रभावित भएको छ ।
पर्सामा मात्रै १२२ वटा घरमा पूर्ण र ३८७ वटा घरमा आंशिक क्षति भएको छ । तीनवटा विद्यालय, तीनवटा उद्योग र दुईवटा मन्दिररमस्जिद पनि भत्किएका छन् ।