१२ भाद्र २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित एक जना पक्राउ रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाइप लाइनबाट तेल ल्याउने योजना असारमा



अ+ अ-

अमलेखगञ्ज । नेपालमा पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउन निर्माण सुरु भएको मोतिहारी ९भारत० आलेखगन्ज (नेपाल) पाइप लाइन निर्माणको कार्य तीब्र गतिमा भइरहेको छ ।


तर आगामी बैशाखबाट पाइप लाइन सुचारु गर्ने लक्ष्यसाथ काम भइरहेको भए पनि आगामी असारको मध्यसम्म मात्र त्यसले सार्थकता पाउने सम्भावना छ । त्यसमा पनि भारतमा हुन लागेको लोकसभाको निर्वाचनका कारण केही समस्या आउनसक्ने सम्भावना उत्तिकै छ ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा निर्माणाधीन आयोजना अनुसार भारतको मोतिहारीबाट ६९.५ किलोमिटर लम्बाइको ३२.२५ किलोमिटर भारतमा र ३७.५ किलोमिटर पर्दछ तर भारतले नेपाललाई पहिलो चरणमा मोतिहारीबाट नभई पटनाबाट पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ दिने भएको र पटना-मोतिहारी खण्डमा तीन किलोमिटर पाइप लाइन निर्माणमा अवरोध भइरहेको खबर गोरखापत्र दैनिकमा प्रकाशित छ ।