काठमाडौँ । ७८ वर्षीय ब्राजिलका फुटबल लिजेन्ड पेले अस्पताल भर्ना भएका छन् । पिसाबसम्बन्धि समस्याका कारण बुधबार पेरिसस्थित अस्पतालमा भर्ना भएका हुन् ।
पेलेको युरिनरी ट्रयाकमा इन्फेक्सन देखिएको उनको प्रवक्ताले जानकारी दिएका छन् ।
‘पेले हाल अस्पतालमा रहेका छन् र उनले एन्टिबायोटिक लिइरहेका छन् । उनलाई दुई दिनभित्र डिस्चार्ज गरिने डाक्टरहरुले बताएका छन्,’ पेपिटो फोर्नोसले जानकारी दिए ।
पछिल्लो समय पेलेको स्वास्थ्यमा समस्या देखिएको छ । सन् २०१५ मा प्रोस्टेटमा समस्या देखिएपछि उनी ब्राजिलको एक अस्पतालमा भर्ना भएका थिए । त्यस्ते एक वर्षअघि पनि उनको मृगौलामा समस्या देखिएपछि डायलाइसिस गर्नु परेको थियो ।