७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा सिफारिस भएका पाँच जना न्यायाधीशको सुनुवाइ प्रक्रिया सुरु



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका पाँच जनाको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

सुनुवाइ प्रक्रिया अगाडि बढाउनका लागि संघीय संसद् संसदीय सुनुवाइ समितिको बैठक बिहीबार साढे ११ बजे बैठक बस्दैछ । समिति सचिवालयका अनुसार आजको बैठकले पाँचै जना प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्नेछ ।

यही चैत १८ गते बसेको न्याय परिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस गरेको थियो ।
सिफारिस हुनेहरुमा पूर्व महान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी र वकिल मनोजकुमार शर्मा रहेका छन् ।

त्यस्तै प्रगतिशील खेमाबाट फुयाँल र शर्मा तथा लोकतान्त्रिक खेमाबाट रेग्मी सिफारिस भएका हुन् ।