१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : दिल्लीले हैदराबादको सामना गर्दै, सन्दीप र राशीदको भेट हुने पक्का



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ ।

दिल्लीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ ।

यो खेल सन्दीप लामिछानेका लागि पनि महत्वपूर्ण छ । उनले जारी १२ औं संस्करणमा तेस्रो खेल खेल्दैछन् ।

अघिल्लो वर्ष अन्तिम तीन खेल खेलेका सन्दीपले यसपटक भने सुरुका दुई खेलपछि नै खेल्ने अवसर पाए ।

आफूलाई सशक्त खेलबाट अगाडि बढाएका सन्दीप टी–२० मा विभिन्न कीर्तिमान रच्दै गइरहेका छन् । विश्व बरियताको पाँचौं स्थानमा रहेका राशीदसँग सन्दिपको प्रतिस्पर्धा हुने छ ।

हाल दिल्लीको ४ खेलबाट २ जितसहित ४ अंक बटुलेको छ र पाँचौं स्थानमा छ । हैदराबाद ३ खेलबाट २ जितसहित ४ अंक बटुलेर तेस्रो स्थानमा छ । यो खेलमा दिल्लीले फराकिलो जित पाए ६ अंकसहित शीर्ष स्थानमा पुग्नेछ ।

४ खेलबाट ६ अंकसहित किंगस ११ पञ्जाब पहिलो तथा समान अंकबाट चेन्नई सुपर किंगस दोस्रो स्थानमा छ ।