काठमाडौँ । विश्व विख्यात कार कम्पनी निशानका प्रमुख ६४ वर्षीय कार्लोस घोस्न पुनः पक्राउ परेका छन् । आर्थिक अनियमिताको मुद्दामा धरौटीमा छुटेका घोस्न धरौटी बुझाउने शर्तमा अदालतबाट निस्किए पछि घोस्न जापानको टोकियोबाट पुनः पक्राउ परेका हुन् ।
ओमानको एक डिलरसँगको आर्थिक मामिला सम्बन्धी विषयमा उनीमाथि थप नयाँ मुद्दा दायर गर्ने तयारी अधिवक्ताहरुले गरेका छन् । उनमाथि रेनल्टले समेत लुकिछीपी संदिग्ध क्रियाकलाप गरेको तथा कम्पनीको आचारसंहिता विपरीत कार्य गरेको आरोप लगाएको बीबीसीले उल्लेख गरेको छ ।
कम्पनीले कार्लोसको पेन्सन बाफतको ७ लाख ६५ हजार पाउण्ड वार्षिक रकम रोक्का गरिने बताउँदै उनीविरुद्ध अदालतमा जाने अधिकार समेत कम्पनीलाई भएको बताएको छ ।
आफूमाथिका आरोप निराधार रहेको घोस्नको भनाई छ । आफूलाई कार्यस्थलमै जालसाजी गरी फसाईएको उनले बताउँदै आएका छन् । गत वर्ष नोभेम्बरमा जेल चलान भएपछि उनी हालै रिहा भएका थिए ।