२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही गृह मन्त्रालयलाई थप स्रोत चाहियो, बजेट वृद्धि गर्न गृहमन्त्री गुरुङको आग्रह ‘नामी ओपन हाउस कार्निभल २०८३’ आयोजना हुँदै बिपी अस्पताल सुधार गर्ने प्रतिबद्धता अनुमतिबिनै सञ्चालित ‘मारिया अस्पताल’ बन्द, सञ्चालकमाथि कारबाही प्रक्रिया सुरु ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीको अवरोध कायमै प्याब्सन–अक्सफोर्ड सहकार्यअन्तर्गत ‘रिड विथ अक्सफोर्ड’ पुस्तक सेटको बुकिङ खुला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व विख्यात कार कम्पनी निशानका प्रमुख पुनः पक्राउ



अ+ अ-

काठमाडौँ । विश्व विख्यात कार कम्पनी निशानका प्रमुख ६४ वर्षीय कार्लोस घोस्न पुनः पक्राउ परेका छन् । आर्थिक अनियमिताको मुद्दामा धरौटीमा छुटेका घोस्न धरौटी बुझाउने शर्तमा अदालतबाट निस्किए पछि घोस्न जापानको टोकियोबाट पुनः पक्राउ परेका हुन् ।

ओमानको एक डिलरसँगको आर्थिक मामिला सम्बन्धी विषयमा उनीमाथि थप नयाँ मुद्दा दायर गर्ने तयारी अधिवक्ताहरुले गरेका छन् । उनमाथि रेनल्टले समेत लुकिछीपी संदिग्ध क्रियाकलाप गरेको तथा कम्पनीको आचारसंहिता विपरीत कार्य गरेको आरोप लगाएको बीबीसीले उल्लेख गरेको छ ।

कम्पनीले कार्लोसको पेन्सन बाफतको ७ लाख ६५ हजार पाउण्ड वार्षिक रकम रोक्का गरिने बताउँदै उनीविरुद्ध अदालतमा जाने अधिकार समेत कम्पनीलाई भएको बताएको छ ।

आफूमाथिका आरोप निराधार रहेको घोस्नको भनाई छ । आफूलाई कार्यस्थलमै जालसाजी गरी फसाईएको उनले बताउँदै आएका छन् । गत वर्ष नोभेम्बरमा जेल चलान भएपछि उनी हालै रिहा भएका थिए ।