काठमाडौँ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले बारा र पर्साका हावाहुरी पीडितको सहयोगका लागि रकम हस्तान्तरण गरेका छन् । भट्टराईले नयाँ शक्ति पार्टीको तर्फबाट ५ लाख रुपैयाँ सहयोग गरेका हुन् ।
भट्टराईले उक्त सहयोग रकम प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनललाई हस्तान्तरण गरेका छन् । नयाँ शक्तिले प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा रकम हस्तान्तरण गरेको हो ।
यसअघि भट्टराईले आफ्नो प्रतिनिधिसभा सदस्यबापतको आधा महिनाको तलब प्रदान गर्ने घोषणा समेत गरिसकेका छन् ।