१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यास उद्योगीहरुले आन्दोलनको घोषणा गरे,बुलेटहरु भन्सारबाट नछुटाउने



अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमको प्रतिवद्धता पुरा नभएको भन्दै ग्यास उद्योगीहरुले आन्दोलनको घोषणा गरेका छन् ।

१० बुँदे मागबारे ग्यास उद्योगीहरुको मागबारे अध्ययन गर्न बनाएको समितिले २० गतेसम्म यसबारे कुनै निर्णय नगरेको भन्दै नेपाल एलपी ग्यास उद्योग संघले चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

संघले भोलिदेखि पीडीओ खरिद तथा ग्यास लोडिङ पूर्ण रुपमा बन्द गर्ने, २५ गतेदेखि लोड भएका बुलेटहरु पनि भन्सारबाट नछुटाउने र २८ गतेदेखि देशभरका ग्यास उद्योग बन्द गर्ने बताएको छ ।

चैत ३० गतेबाट ग्यास विक्री वितरण नै बन्द गर्ने एलपी ग्यास उद्योग संघले घोषणा गरेको छ ।