
डोल्पा । आइतबार क्रिस्टल माउण्टेनमा रहेको गुम्बा परिक्रमा गर्न जाँदा हिमपहिरोमा परेका पर्यटकहरुको अवस्था अझै पत्ता लाग्न सकेको छैन् ।
शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ३ मा हिमपहिरोमा परेका ३७ वर्षका फूर्बा ठिम्ल्या गुरुङ, १७ वर्षकी पेमा कुन्साङ गुरुङ र १२ वर्षका फुङसोक गुरुङको अवस्था थाहा हुन नसकेको हो ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अवदेश विष्टका अनुसार घटना स्थलमा जान सदरमुकामबाट ६ दिन लाग्ने र अहिले बाटोमा हिउँ जमेकाले जान नसकेको बताए ।










