१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल फ्रान्स प्रस्थान



अ+ अ-
फाईल फोटो

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल फ्रान्सको लियोन प्रस्थान गरेका छन् । महानिरीक्षक खनाललाई वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए ।

फ्रान्समा चैत २६ देखि २८ गतेसम्म सञ्चालन हुने इन्टरपोलको १५औं सम्मेलनमा सहभागी हुन महानिरीक्षक खनाल बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा प्रत्येक वर्ष सम्मेलन हुने गर्दछ । यस वर्षको सम्मेलनमा इन्टरपोलका सबै १ सय ९४ सदस्य राष्ट्रका प्रतिनिधिहरु सहभागी हुने कार्यक्रम छ ।

सम्मेलनमा अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित विभिन्न नवीन प्रविधि र अपराध नियन्त्रण तथा सुरक्षासम्बन्धी नयाँ रणनीतिहरुमा सहकार्य गर्ने सम्बन्धमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।