१९ फाल्गुन २०८१, सोमबार
March 3, 2025 Monday

12.27°C

काठमाडौं

12.27°C

Kathmandu

Feels-like: 11.69

Wind: 1.03

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओलीको नाम करप्रसाद ओली नै राख्नुपर्छ : देउबा



अ+ अ-

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा पुगेर सरकारविरुद्ध फेरि कडा प्रतिक्रिया दिएका छन् ।

आफ्नो उपस्थिति नहुने भन्दाभन्दै पनि संवैधानिक परिषद्को बैठक राखिएको सरकारसँग उनको गुनासो थियो । ‘म आउन सक्दिन भन्दाभन्दै मिटिङ राखियो । म यसको विरोध गर्छु ।’ नेता देउवाले भने ।

साथै ओली सरकारले १ वर्षमा एउटा पनि राम्रो काम नगरेको आरोप उनले दोहोर्‍याएका छन् । ‘एउटा जिल्लाबाट अर्को जिल्लामा कुखुरा लैजाँदा पनि कर लगाएको छ’, देउवा भन्छन्, ‘केपी ओलीको नाम करप्रसाद ओली नै राख्नुपर्ने हो !’

प्रतिपक्षी नेता देउवाले निर्मला पन्तका हत्यारालाई बचाउने काम पनि सरकारबाटै भएको आरोप लगाए । प्रधानमन्त्री केपी ओलीले मनपरी गरेको तथा सेनामाथि पहिलोपटक हस्तक्षेप गरेको पनि उनको टिप्पणी थियो । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।