२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई तिहाई सरकारको कमाल ! भोज भतेरमा ११ अर्ब



अ+ अ-

काठमाडौं । सरकारले भोज/भतेर लगायत खर्चमा वृद्धि गरेर १० अर्ब ८३ करोड पुर्याएको छ। ०७३/७४ को तुलनामा गएको आवमा भोजभतेर, मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायत कार्यक्रममा करिब ५६ प्रतिशतले खर्च बढेको छ।

अघिल्लो आर्थिक वर्षमा विविध खर्च शीर्षकबाट ६ अर्ब ९४ करोड ३१ लाख थियो। खर्चमा मितव्ययिता ल्याउन सरकारले विविध खर्च शीर्षकबाट विनियोजन हुने रकम कटौती गर्ने बताए पनि गत आवमा यस्ता अनुत्पादक क्षेत्रमा खर्चको बढोत्तरी भएको प्रतिवेदन महालेखा नियन्त्रकको ५६ औं प्रतिवेदनमा उल्लेख छ।

सरकारले अनुत्पादक क्षेत्र भनेर वर्गीकरण गरेको विविध खर्च शीर्षकबाट १० अर्ब ८३ करोड रुपैयाँ खर्च गरेको छ। यद्यपि सरकारले खर्चमा मितव्ययिता ल्याउन भन्दैे विविध खर्च शीर्षकमा एक अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको थियो। सो खर्चले नधानेर यस्तो खर्चमा ८ सय ४७ प्रतिशतले वृद्धि भएको खबर नागरिक दैनिकमा प्रकाशित छ।