२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई तिहाई सरकारको कमाल ! भोज भतेरमा ११ अर्ब



अ+ अ-

काठमाडौं । सरकारले भोज/भतेर लगायत खर्चमा वृद्धि गरेर १० अर्ब ८३ करोड पुर्याएको छ। ०७३/७४ को तुलनामा गएको आवमा भोजभतेर, मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायत कार्यक्रममा करिब ५६ प्रतिशतले खर्च बढेको छ।

अघिल्लो आर्थिक वर्षमा विविध खर्च शीर्षकबाट ६ अर्ब ९४ करोड ३१ लाख थियो। खर्चमा मितव्ययिता ल्याउन सरकारले विविध खर्च शीर्षकबाट विनियोजन हुने रकम कटौती गर्ने बताए पनि गत आवमा यस्ता अनुत्पादक क्षेत्रमा खर्चको बढोत्तरी भएको प्रतिवेदन महालेखा नियन्त्रकको ५६ औं प्रतिवेदनमा उल्लेख छ।

सरकारले अनुत्पादक क्षेत्र भनेर वर्गीकरण गरेको विविध खर्च शीर्षकबाट १० अर्ब ८३ करोड रुपैयाँ खर्च गरेको छ। यद्यपि सरकारले खर्चमा मितव्ययिता ल्याउन भन्दैे विविध खर्च शीर्षकमा एक अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको थियो। सो खर्चले नधानेर यस्तो खर्चमा ८ सय ४७ प्रतिशतले वृद्धि भएको खबर नागरिक दैनिकमा प्रकाशित छ।