२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्टस छाड्ने रोनाल्डोको तयारी



अ+ अ-

काठमाडौं । इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले छाड्ने भएका छन् ।

स्पेनिस क्लब रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका सुपर स्टार रोनाल्डोले अहिले सम्झौता अवधि नसकिँदै युभेन्टस छाड्ने तयारीमा रहेको इटालियन समाचारपत्र ला रिपब्लिकाले उल्लेख गरेको छ ।

यद्यपी रोनाल्डोको युभेन्टससँगको सम्झौता भने सन् २०२२ सम्म रहेको छ ।

इटालियन अर्को पत्रिका गजेट्टा डेल्लो स्पोर्ट्सले रोनाल्डोले युभेन्टससँग सन् २०१९/२० का लागिमात्र सम्झौता गरेको दावी गरेको छ ।

युभेन्टस डच क्लब आयाक्ससँग समग्रमा ३–२ गोलले पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।