६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठौँ पटक सिरी ‘ए’को उपाधी युभेन्टसलाई, अन्तिम खेलमा आत्मघाति गोलले इज्जत बचायो



अ+ अ-

काठमाडौं। घरेलु मैदानमा फियोरेन्टिनालाई हराउदै युभेन्टसले लगातार आठौँ पटक इटालियन सिरी ‘ए’ हराउँदै ५ खेल अगाडि नै उपाधी जितेको छ ।

घरेलु मैदानमा शनिबार राति फियोरेन्टिनालाई २–१ ले पराजित गरेको हो । युभेन्टसको जितमा एलेक्स सान्द्रोले गोल गरेका थिए । फियोरेन्टिका लागि निकोला मिलेनकोभिकले गोल गरे ।

मिलेनकोभिकले खेलको ६ औँ मिनेटमा गोल गर्दै सुरुवाति अग्रता दिलाए । खेलको ३७औं मिनेटमा युभेन्टसका एलेक्स सान्द्रोले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा पुग्यो ।

दोस्रो हाफमा युभेन्टसका लागि कसैले गोल गर्न नसक्दा ५३ औँ मिनेटमा फियोरेन्टिनाका जर्मन पिज्जेलाले आत्मघाति गोल गरेपछि युभेन्टसले २–१को जित निकालेको हो ।

योसँगै ३३ खेल खेलेको युभेन्टसले ८७ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको नेपोलीको अंक ६७ छ । ३३ खेलमा युभेन्टसले २८ जित, ३ बराबरी र २ मा हारको नतिजा निकाल्यो । अब बाँकी ५ खेलमा हार बेहोरेपनि युभेन्टस पछि पर्ने छैन ।